काठमाडौँ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यमबाट जोड्ने प्रयास भइरहेको बताएका छन्।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तर विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने उल्लेख गर्दै यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको जानकारी दिए।
मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरी फैलिएका नेपाली र भारतीय नागरिकले रामतत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए।
दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान् रामका विविध पक्षमा चर्चा गरिने छ। संगोष्ठिमा सामेल हुन आएका विभिन्न देश काप्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधता पूर्णसंस्कृतिलाई विश्वमा पुर्याउनु सहयोग गर्न समेत आग्रह गरेका थिए।