काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।
मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
मैदानमा भिआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको बताइएको छ ।
एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दै छन् । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।