२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ 

अ+ अ-

वालिङ (स्याङ्जा) । यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।

चार हजार पाँच सय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुङ्गानाले बताए । असी रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुङ्गानाले यस वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भएका हुन् । 

“असी रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ”, उनले भने, “सुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्युब हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाई पनि राम्रो भएको छ ।” ड्रागन थोकमा प्रतिकेजी रु चार सयका दरले र खुद्रामा प्रतिकेजी रु पाँच सयका दरले बिक्री भएको उनले बताए। यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो ।

आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उनले बताए । “नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे”, उनले भने, “अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन् ।”

उनले एउटा पिलरमा तीन वटाका दरले ड्रागनका बेर्ना लगाएका छन् । ड्रागन बगैँचामा बिरुवाको बीच–बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाएका छन्। “नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो”, उनले भने, “आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै रु १० लाखको ड्रागनको फूल नै नष्ट गरिदियो ।” उनले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आएका छन् ।

उत्पादन गर्न सकेको खण्डमा बजारको कुनै समस्या नरहेको कृष्णका भाइ अमृत ढुङ्गानाले बताए । अमृतले दाजुले उत्पादन गरेको ड्रागनको सम्पूर्ण बजारीकरणको जिम्मा लिएका छन्। “यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा तथा स्थानीय वालिङ बजारमा र केही बगैँचाबाट नै बिक्री भयो”, उनले भने, “ड्रागनको बजार माग राम्रो भएकाले बिक्री नहुने समस्या भएन बरु मागअनुसार खपत गर्न सकेनौँ ।”

बगैँचामा यसपटक ड्रागन फलेर सकियो तर अझै पनि विभिन्न ठाउँबाट माग आउने क्रम जारी भएको अमृतले बताए । अहिले ४० रोपनीमा फैलिएको ड्रागन बगैँचालाई विस्तार गरी ८० रोपनी क्षेत्रफलमा पुर्‍याउने लक्ष्य रहेको अमृतले बताए । 

झोलामा फाइल बोकेर हिँड्ने नक्कली किसानलाई राज्यले अनुदान दिने गरेकामा उनको दुखेसो छ । “वास्तविक किसानले मेहनत गर्छन् तर उनीहरू राज्यले दिने अनुदानमा पर्दैनन्”, उनले भने, “यसले काम गर्दैन तर पहुँच पुर्‍याउँछ उसैलाई राज्यले अनुदान दिँदा दुःख लाग्दो रहेछ, यद्यपि हामीले अनुदानको आशमा व्यवसाय थालेका भने होइनौँ ।” केन्द्र, प्रदेश तथा स्थानीय सरकारले अनुदान सुरुमै नभई उत्पादनका आधारमा दिनुपर्ने माग उनको छ ।

प्रतिक्रिया दिनुहोस