१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो पेट्रोल र खाना पकाउने ग्यास आयात 

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ ।

डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन-कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ ।

अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो । तथ्यांक अनुसार यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ विदेशिएको छ । गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ विदेशिएको थियो ।

अघिल्लो वर्ष पेट्रोलको आयात घटे पनि डिजेल आयात भने घटेको थिएन । तर, यस वर्ष भने सार्वजनिक सवारीमा समेत विद्युतीय सवारीसाधनको आयात बढ्दै जाँदा डिजेल आयात खुम्चिन थालेको देखिन्छ ।

पेट्रोलको खपत समेत गत आवको पहिलो चार महिनाको तुलनामा यस वर्ष बढेको छ । भन्सार विभागका अनुसार यस वर्ष कात्तिकसम्म २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको पहिलो चार महिनामा २ लाख २३ हजार ८१० किलोटिर पेट्रोल आयात भएको थियो । यस वर्ष पेट्रोल आयातमा २१ अर्ब ५६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष २२ अर्ब ८७ करोड रुपैयाँ मात्र विदेशिएको तथ्यांकले देखाएको छ ।

पेट्रोल आयातबाट सरकारले यस वर्ष चार महिनामा १४ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाएको छ । यस वर्ष पेट्रोल आयातको परिमाण बढे पनि बिदेसिने मुद्रा भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस