मकवानपुर । मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्रांकीत प्रथम वा सो सरहको अधिकृतहरूलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय/सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यस्तै बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्नेलगायत निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।