२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्ययोजना कार्यान्वयनमा गति दिन सबै निकायलाई मन्त्री गुप्ताको आह्वान

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना अनुसारका सबै कार्यक्रम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले मन्त्रालय र अन्तर्गतका निकायहरूले अझै धेरै काम गर्न बाँकी रहेको बताए। 

उनले वार्षिक कार्ययोजना बमोजिमका कामहरू समयमा पूरा गर्न सबै निकायहरूलाई समन्वय र सक्रियताका साथ अघि बढ्न निर्देशन दिए।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड
मन्त्री गुप्ताले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रशासनिक संघीयताको सहज कार्यान्वयनका लागि विषयगत समितिको बैठक तत्काल राख्न आवश्यक रहेको बताए। उनले भने, ‘प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौता, १०० र २०० दिनको कार्य योजना अनुसार संघीयता कार्यान्वयनमा सहजीकरण गर्नु, सार्वजनिक सेवामा जनशक्ति व्यवस्थापन गर्नु, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु र स्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको प्रमुख दायित्व हो।’

नयाँ कानुनको शीघ्र स्वीकृतिमा जोड
मन्त्री गुप्ताले संसदमा विचाराधीन संघीय निजामती सेवा ऐन र निर्माण सामग्री व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि मन्त्रालयको समग्र टिमले समन्वय गर्नुपर्नेमा जोड दिए। साथै, संघीयतालाई सबल बनाउन स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा चाँडै संसदमा पेस गर्नुपर्ने बताए।

त्रैमासिक प्रगति सन्तोषजनक भए पनि अझ धेरै काम गर्न बाँकी
बैठकमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले मन्त्रालयको समग्र प्रगतिको प्रस्तुति दिएका थिए। यस्तै, विभिन्न विभाग र प्रतिष्ठानका प्रमुखहरूले आफ्नो क्षेत्रका उपलब्धि र समस्याका विषयमा जानकारी गराएका थिए।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी, मन्त्रालयका सचिव भरतमणि सुवेदीलगायत सहसचिव, महानिर्देशक, शाखा प्रमुख र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

मन्त्री गुप्ताले बैठकमा उपस्थित सबैलाई आफ्नो क्षेत्रबाट सक्रियताका साथ कार्य सम्पादन गरी वार्षिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस