काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
आज पशुपति आर्यघाटमा अन्त्येष्टि अघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदै छन् ।