११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै  

अ+ अ-

काठमाडौँ । आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ । आज दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो।

नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार विद्युत् निर्यात गर्न लागिएको हो। नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म विद्युत् निर्यात हुने सम्झौता छ।

पहिलो चरणमा आज एक दिनका लागि विद्युत् निर्यात हुने छ। योसँगै बंगलादेशसम्म विद्युत् निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ।

यसको उद्घाटन भर्चुअल रूपमा संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । 

शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्‍याउँदै छ ।यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । 

प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।  भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव ९-५ पैसा आम्दानी गर्ने छ।

नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्ने छ ।   

प्रतिक्रिया दिनुहोस