२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प सरकारको गुप्तचर विभाग निर्देशकमा तुलसी गबार्ड नियुक्त

अ+ अ-

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् ।

ट्रम्पको छनौटमा परेपछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएकी छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईँको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि डोनाल्ड ट्रम्पलाई धन्यवाद । म तपाईंसँग काम गर्न तत्पर छु।’

४३ वर्षीया गबार्डलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भनेका छन्, ‘काँग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नेल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु ।’

होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी काम गरिसकेकी उनी एक दशकअघि लेफ्टिनेन्ट कर्नेल बनेर इराक युद्ध लडिसकेकी छन् ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि तुलसीले पदभार ग्रहण गर्नेछिन् ।

डेमोक्रेटिक पार्टीबाट ४ पटक सांसद भइसकेकी तुलसी यसअघि बाइडेनको डेमोक्रेटिक पार्टीकी नेता थिइन् । उनी अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने पहिलो हिन्दु सांसद पनि हुन् ।

दुई वर्ष पहिला डेमोक्रेटिक पार्टी छाडेर रिपब्लिकन पार्टी प्रवेश गर्नेक्रममा गबार्डले डेमोक्रेटिक पार्टी अभिजात वर्गको कब्जामा गइसकेको गम्भीर आरोप लगाएकी थिइन् ।

उनले डेमोक्रेटिक पार्टीले इस्लाम चरमपन्थलाई रोक्न नसकेको आरोप समेत लगाएकी थिइन् । गबार्ड २०१६ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेकी थिइन् । पछि उनले हिलारी क्लिन्टको सट्टा बर्नी स्यान्डर्सलाई समर्थन गरेकी थिइन् ।

सन् २०२० मा पनि राष्ट्रपति पदका लागि डेमोक्रेटिक प्राइमरीको प्रतिस्पर्धामा सहभागी भइन् । पछि उनले बाइडेनलाई साथ दिइन् । सन् २०२२ पछि पार्टी छाडेपछि उनी फक्स न्युजमा जोडिइन् । उनी कैयौँ टेलिभिजन सोमा कार्यक्रम सञ्चालक समेत बनिन् ।

सन् २०२२ को चुनावमा रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार प्रसारमा सहभागी भएकी थिइन् । अमेरिकी संसदमा रहँदा ओबामा र बाइडेन प्रशासनको निकै आलोचना गरेकी थिइन् । उनी उपराष्ट्रपति कमला ह्यारिसको पनि चर्को आलोचक हुन् ।

प्रतिक्रिया दिनुहोस