२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एस जयशंकरले भने-अमेरिकी चुनावको नतिजाबाट भारत डराउनु पर्दैन

अ+ अ-

काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको बताएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने आशयको जवाफ दिएका हुन् ।

बीबीसी हिन्दीका अनुसार अमेरिकाको चुनावी नतिजाबारे जयशंकरलाई ‘अमेरिकी चुनावको नतिजालाई भारत(अमेरिका सम्बन्धको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?’ भनेर सोधिएको थियो ।

जवाफमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको फोन ट्रम्पले सुरुमा उठाएका तीन फोन कलमध्ये एक भएको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीको आफ्नो कार्यकालमा सबै राष्ट्रपतिहरूसँग राम्रो सम्बन्ध रहेको छ। चाहे त्यो ओबामा होस्, त्यसपछि ट्रम्प वा बाइडेन ।’

उनले अगाडि थपे, ‘मलाई थाहा छ संसारका धेरै देशहरू अमेरिकालाई लिएर त्रसित छन्, तर म यो प्रष्ट पार्न चाहन्छु कि भारत त्यस्तो अवस्था छैन ।’

अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट रिपब्लिकन नेता डोनाल्ड ट्रम्प निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस