२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ पुग्यो कालीकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या 

अ+ अ-

काठमाडौँ । कालिकोटको पलाता गाउँपालिका-३ राडूनेटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

प्रदेश अस्पताल सुर्खेतमा सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु भएको हो । पलाता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा यसअघि ६ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता-६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता-५ की छाया शाही तथा पलाता-३ का दमन रोकाया छन् ।

यस्तै दुर्घटनामा घाइते हुनेहरूमा पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता-३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

कर्णाली करिडोर हुँदै घाटपारि चौरसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट पलाता जोड्ने कर्णाली नदीमा पुल छैन । पुल नहुँदा दुई वर्षअघि डिजेल र पेट्रोल राख्ने ड्रमलाई काठमा डोरीले बाँधेर त्यसैमाथि बोलेरो जिप राखेर नदी तारेर थिर्पू गाडी लगिएको थियो । त्यहीबाट पलाताको थिर्पूबाट धौलागोहसम्म जिपले यात्रु ओसारपसार गर्ने गरेको छ ।

जिपले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस