Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेस-एमालेद्वारा बागमतीमा पनि संयन्त्र गठन 


२५ कार्तिक २०८१, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेशस्तरीय संयन्त्रले ६ वटा निर्णय गरेको छ।

काँग्रेस प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई दलले एक-एक महिना पालो-पालो संयन्त्रको संयोजन गर्ने निर्णय गरेको छ।

जसअनुसार २०८१ मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली काँग्रेसले गर्ने एमालेका तर्फबाट संयन्त्रका सदस्य राजन भट्टराईले जानकारी दिए।

बैठकले संयन्त्रको सचिवालयमा काँग्रेस र नेकपा (एमाले) का तर्फबाट एक-एक जना रहने पनि निर्णय गरेको छ।

बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने निर्णय भएको पनि भट्टराईले बताए।

संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने निर्णय भएको पनि भट्टराईको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस