२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जामन्त्री खड्काले भने-नेपाल-बांङ्लादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल-बांङ्लादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् । साउथ एसिया विजनेश पार्टनरशीपले आज आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बांङ्लादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताएका हुन् । 

ऊर्जामन्त्री खड्काले नेपाल र बांङ्लादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए । “भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बांङ्लादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बांङ्लादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ”, मन्त्री खड्काले भने । उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बांङ्लादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बांङ्लादेशका व्यवसायीलाई आग्रह समेत गरे ।

बांङ्लादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्री वितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बांङ्लादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए । नेपाल र बांङ्लादेशबीच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बांङ्लादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन् प्रगाढ बनाउनुपर्ने बताए । उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई झन् बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । सोही अवसरमा बांङ्लादेशको व्यवसाय तथा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस