२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आम सञ्चार नीति र मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाको सुझाव

अ+ अ-

काठमाडौँ । सरकारले बनाउन लागेको राष्ट्रिय आम सञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकमाथि सरोकारवालले सुधारात्मक सुझाव दिएका छन् । 

काठमाडौँमा शुक्रबार डिजिटल राइट्स नेपालले आयोजना गरेको विधेयक माथि सरोकारवाला र सांसदहरूबीच भएको अन्तर्क्रियामा राष्ट्रिय सभा सदस्य एवं विधायन व्यवस्थापन समितिका पूर्व सभापति जयन्तीदेवी राई, गोपाल भट्टराई, विष्णुदेवी पुडासैनीलगायतका सांसदको उपस्थिति थियो । 

सो अवसरमा पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले दुवै विधेयक केन्द्रित सुझाव दिएका थिए । सुझावमा उनले सञ्चार मन्त्रालयले पद नियुक्तिदेखि आर्थिक, प्रशासन र प्रतिवेदनमा समेत हस्तक्षेप गरेको देखिएकाले विधेयक पत्रकारिता नियमन नभई नियन्त्रण हुने खतरा भएको बताए । उनले स्वतन्त्र र मर्यादित पत्रकारिता बनाउन विधेयकमा निम्न सुधार गर्नुपर्ने बताए । जस्तै, प्राधिकरण र प्रेस रजिष्ट्रारको दोहोरो संस्थागत संरचनामा जानु राज्यका लागि थप आर्थिक बोझ हुने, छापा खाना र प्रशासन ऐन मात्र विस्थापन नगरी पुरानो ऐन पनि यसैमा समेटिनुपर्ने लगायत सुझाव दिए । 

राष्ट्रिय सभा सांसद एवं विधायन समितिका पूर्व सभापति राईले भने उक्त सुझावलाई आत्मसात् गर्दै समितिमा छलफल गर्ने बताइन् । उनले सरकारले मिडियालाई नियन्त्रण गर्ने कुनै पनि उद्देश्य नरहेको र स्वतन्त्र प्रेसको संवैधानिक मान्यता केन्द्रमा राख्दै विधेयक निर्माण गर्न लागिएको सुनाइन्। यद्यपि सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव लिएरै अघि बढ्ने उनले बताइन् । 

डिजिटल राइट्सका महासचिव भोलानाथ ढुंगानाले सरकारले निर्माण गर्न लागेका मिडिया र डिजिटल राइट्ससम्बन्धी विधेयकमाथि बृहत् छलफल गर्न जरुरी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस