२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरातात्त्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्त्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ । 

स्वर्णिम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्त्विक महत्त्वबारे जानकारी दिने र सहरको सुन्दरता थप बढाउने मुख्य उद्देश्यका साथ चित्रणीकरण थालेको जानकारी दिएको छ । 

असारदेखि असोजसम्म नियमित पानी परेका कारणबीचमा उक्त कार्य रोकिएको थियो । अहिले पानी पर्न रोकिएसँगै उक्त कार्य पुनः सुरु गरेको कामपाको भनाइ छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखन कार्यलाई पुनः सुचारु गरेको कामपा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।  

प्रमुख काफ्लेका अनुसार यसको लागि कामपाले प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरी काम थालेको थियो । जसअन्तर्गत पहिलो चरणमा सुन्धारा, नयाँबानेश्वर, प्रदर्शनी मार्गका सार्वजनिक भित्ताहरूमा लिच्छवीकालीन, मल्लकालीन चित्रात्मक सभ्यतालाई आम सर्वसाधारणले बुझ्ने देख्ने गरी भित्ते चित्र बनाउन थालेको हो ।  

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिको चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रंगशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्तामा चित्र कोरिने छन् ।

काफ्लेले भने, “भित्तामा कोरिएको विभिन्न चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्छन् । इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वस कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, वेशभूषा, खानपान बिम्बित गर्छ, जसले एउटा इतिहास व्यक्त गर्छ ।”

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने कामपाले विश्वास लिएको छ । प्रमुख काफ्लेले भने, “अब कामपाको सार्वजनिक स्थानका भित्ताहरू विभिन्न चित्र, कुनै रङ छर्केर, पोस्टर वा कागज हाँसेर होइन ऐतिहासिक सम्पदाले रंगीने छन् ।”  

कामपाले सार्वजनिक स्थानमा अहिले बनाइएका चित्र छोप्ने गरी अन्य चित्र बनाउन, पोस्टर वा पम्प्लेट बनाउनेजस्ता कार्य नगर्न आग्रह गरी जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ । उक्त कार्य निरन्तर सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस