२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने 

अ+ अ-

काठमाडौँ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित उपराष्ट्रपति कमला ह्यारिसले हार स्वीकार गरेकी छन् । वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

‘म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु, तर निर्वाचनका क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो दुस्प्रचारलाई कहिल्यै स्वीकार गर्ने छैन,’ सम्बोधनका क्रममा उनले भनिन्, ‘मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्न लागेको महसुस गरेका छन् ।’

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प मंगलबार भएको चुनावबाट अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ९५ मत प्राप्त गरिसकेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले २२६ इलेक्टोरल मत प्राप्त गरेकी छन् । अझै दुई राज्यको नतिजा सार्वजनिक हुन बाँकी छ ।

दुई उम्मेदवारबीच सातवटा ‘स्विङ स्टेट्स’मा निकै प्रतिस्पर्धा हुने ठानिएको थियो । पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा राज्यले समग्र चुनावी नतिजा निर्धारण गर्ने सर्वेक्षणहरूले देखाएका थिए । तर नतिजा भने ट्रम्पको पक्षमा आएको छ ।

ट्रम्पले परम्परागत ‘रेड स्टेट’ मा आफ्नो पकड अझ बलियो मात्र बनाएका छैनन्, डेमोक्रेटिक पार्टीको गढ मानिएका ‘ब्लु स्टेट’ मा पनि मत बढाएका छन् । डिसेम्बर १७ मा इलेक्टोरल कलेज बैठकले ट्रम्पलाई औपचारिक रूपमा राष्ट्रपतिमा निर्वाचित गरेपछि उनले आगामी जनवरी २० बाट उनले उनले राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस