पाटन (ललितपुर) । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले छठी माताको पूजा अर्चना गरेका छन् । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गरेका हुन् ।
प्रधान न्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
प्रधान न्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झालगायतले स्वागत गरेका थिए ।







