२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोज्यो : माधव सापकोटा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोजेको टिप्पणी गरेका छन् ।

मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशद्वारा आयोजित लोकप्रियतावाद, सिद्धान्त, समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विधि मान्छु भनेपनि भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्न खोजिरहेको बताए।

‘मुलधारमा राजनीतिज्ञलाई पार्टीको आफ्नो अनुशासन र विधान हुन्छ । सामाजिक विधि र पद्धतिमा हामी कहीँ न कहीँ बाँधिनुपर्छ’, उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै भने, ‘लोकप्रियतावादीहरूलाई विधि र प्रक्रियाले कम बाँध्छ, अहिले नै हेर्नुभयो भने विधि मान्छु पनि भन्छ, अनि कहीँ न कहीँ भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्नको लागि ज्यादा जोड गरिरहेको हुन्छ ।’

अहिले नेताहरू असफल भए भन्नेतिर बहस केन्द्रित भएको भन्दै समाजवादको व्याख्यामा नै अन्तर परेकाले मुलुकको राजनीतिक बिग्रिएको बताए ।

उनले अगाडि भने, ‘काँग्रेसले पुँजीवादी कोणबाट समाजवादको व्याख्या गर्छ, त्यसलाई हामीले मान्दैनौँ । कहिले काँग्रेस, माओवादी, समाजवादीको गठबन्धन बनेको हुन्छ । अहिले काँग्रेस र एमालेबीचको गठबन्धन बनेको छ । त्यसैले शासन व्यवस्था दर्शन, विचार र दृष्टिकोणले गर्ने हो, त्यसमा चुकेपछि अहिले पर्याप्त लाभ लोकप्रियतावादले उठाइरहेको छ । बाहिरबाट झट्ट हेर्दा सबै पार्टी एउटै भए भन्नेतिर पनि जान्छ । हामीले आफ्नो वैचारिक धार, आजको दिनमा समाजवादमा सामाजिक न्यायको सिद्धान्तलाई स्वीकार नगरेपछि त्यो समाजवाद नै रहेन नि !’

प्रतिक्रिया दिनुहोस