२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिग-२ खेलेर फर्केपछि रोहितले भने-क्यानडा र अमेरिका सिरिजमा ठूलो मौका गुमायौँ

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सन लायक रहेको बताएका छन् ।

क्यानडा र अमेरिकामा लिग-२ सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरू चुनौतीपूर्ण हुने बताए ।

‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेष गरी क्यानडामा राम्रो भएन’, पौडेलले भने, ‘अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्‍यौँ । टुरलाई समग्रमा भन्दा हामीले मिस आउट गर्‍यौँ ।’

नेपालले लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो ।

दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो । ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो ।

नेपाली टिमको कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए ।

कप्तान पौडेलले पनि क्यानडामा ब्याटरको प्रदर्शन राम्रो हुन नसकेको बताए । ‘क्यानडाको विकेट नै एकदम चुनौतीपूर्ण थियो । अमेरिका गएपछि सबैले स्कोर गरिरहेका थिए । टी-२० र ओडिआई दुवैमा राम्रो स्कोर भएको थियो । तर क्यानडामा ब्याटिङ युनिटले राम्रो गर्न सकेनौँ त्यसमा चुक्यौँ’, उनले भने ।

पौडेलले लिग टु को क्यानडा र अमेरिका सिरिजमा राम्रो गर्न नसक्दा आगामी खेलहरू चुनौतीपूर्ण हुने बताए ।

कप्तान पौडेलले अब आउने खेलमा केन्द्रित हुने बताए । अब नेपाली ब्याटरले ५० ओभरको खेलमा बानी पार्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस