१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बैकुण्ठ अर्याललाई योजना आयोगको ‘विशेष अधिकृत’का लागि रमाना

अ+ अ-

काठमाडौँ । डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा रमाना गरेको छ । भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई राष्ट्रिय योजना आयोगमा सिर्जित ‘विशेष अधिकृत’ पदमा हाजिरीका लागि रमाना पत्र दिएको हो । १० असारको मन्त्रिपरिषद्को निर्णय अनुसार नै अर्याललाई योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरिएको थियो । 

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै उनी सरकारी काममा फर्किने बाटो खुलेको हो । 

सम्बन्धित समाचार : मुख्य सचिव डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । निमित्त तथा कायम मुकायमबाट काम गराउँदा पूर्ण रूपमा निर्णय गर्न कठिन हुने भएसँगै सरकारले डा. अर्याल निलम्बनमा परेपछि नयाँ मुख्यसचिव नियुक्तिको बाटो खोल्न प्रधानमन्त्री कार्यालय मातहतकै निकाय योजना आयोगमा मुख्यसचिव सरहकै पद सिर्जना गरेर सरुवा गरेको थियो ।

‘नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा रहनु भएको सन्दर्भमा राष्ट्रिय योजना आयोगमा ‘विशेष अधिकृत’ (राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिवसरह) पद सिर्जना गरी निजको पदाधिकार उक्त पदमा सार्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो । 

सम्बन्धित समाचार : निलम्बित मुख्य सचिव अर्याल योजना आयोगको जगेडामा, निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई

मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भइन् । त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए ।

सम्बन्धित समाचार : मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

हाजिर भएसँगै सम्भवतः उनले राजीनामा दिन सक्ने आयोगका एक अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस