काठमाडौँ। नेपाल माउन्टेन लिडर एसोसिएसनका अध्यक्ष दावा टसी शेर्पा र उनको टोलीले नेपालका माउन्टेन लिडरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै नेपालको पर्वतारोहण तथा पदयात्रा क्षेत्रलाई विश्वसामु चिनाउने महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
अध्यक्ष दावा टसी शेर्पाका अनुसार नेपाल पर्वतारोहण संघले विभिन्न चरणमा सञ्चालन गर्दै आइरहेको माउन्टेन लिडर तालिमलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउनको लागि नेपाल नेपाल पर्वतीय लिडर संघले सन् २०१६ मा युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर असोशियसन (युआईएमएलए) मा सदस्यताको लागि निवेदन पेस गरेपछि उक्त असोशियसनको वार्षिक साधारण सभाले २०१७ मा नेपाललाई उम्मेदवार सदस्यता घोषणा गरी थप कार्य अगाडि बढाउन २०१९ मा को वार्षिक साधारण सभा युरोपको रोमेनियमा तालिम सम्बन्धी प्रस्तुतिको लागि निमन्त्रण दिए लगत्तै नेपाल पर्वतीय लिडर संघका अध्यक्ष केशर श्रेष्ठ र संघका महासचिव दावा टसी शेर्पाले उक्त साधारण सभामा नेपालको तालिम सम्बन्धी प्रस्तुति दिएर २०१९ मा युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर असोशियसनको वार्षिक साधारण सभाले नेपाललाई एस्पिरेन्ट सदस्यता प्रदान गरेको थियो ।
एसोशियसनको नियमअनुसार एस्पिरेन्ट सदस्य लिइसकेको देशहरूले तालिमको स्तर मूल्यांकन गर्न तालिम सञ्चालनको दौरानमा फरक-फरक देशबाट युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर असोशियसनको प्रतिनिधि बोलाई तालिमको स्तर निर्धारण गरेपछि मात्र उक्त संस्थाको पूर्णाकालीन सदस्यता प्राप्त हुन्छ।
नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको तालिमलाई विभिन्न चरणमा गरेको मुल्यांकन प्रतिवेदन र अध्यक्ष दावा टसी शेर्पाले दिएको प्रस्तुतिलाई एकमुस्ट मुल्ङकन गरी एसोशियसनको साधारण सभा युरोपको मेसोडोनियमा नोभेम्बर २ मा युरोपको २५ देशबाट भोट दिई बहुमत द्वार नेपाललाई पूर्णकालीन सदस्यताका देशहरू घोषित गरेको हो ।
उक्त उपलब्धिले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न चाहने विदेशी पर्यटकलाई थप उत्साहित गराउनुका साथै पर्यटन उद्योगलाई थप सबल बनाउने विश्वास गरिएको छ। दावा टसी शेर्पाको नेतृत्वमा, नेपालका माउन्टेन लिडरहरूले साहसी यात्रुहरूको लागि सुरक्षित र जीवन्त अनुभव सुनिश्चित गर्दै नेपालको पर्यटनलाई विश्वमै छुट्टै पहिचान बनाउन सफल भएका छन्।