२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जीत करिब सुनिश्चित

अ+ अ-

काठमाडौँ । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिएकी छन् ।

मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४.१९ मतसहित अग्रता कायम गरेकी छन् भने राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लो ४५.८१ प्रतिशत मत प्राप्त गरेको छ ।

मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चित भएको छ, यद्यपि, मतगणना जारी छ । निर्वाचनलाई इयू निकट उम्मेदवार सन्दु र रुस निकट स्टोयानोग्लाबीचको प्रतिस्पर्धालाई इयू र रुस दुवैले प्रतिष्ठाको विषय बनाएका छन् ।

आगामी चार वर्षे कार्यकालका लागि हुने निर्वाचनमा मतदानपछि राष्ट्रपति सन्दुले भनिन् “मैले मतदान गरेँ । मलाई विश्वास छ हाम्रा मतदाताले देशको लागि राम्रो मार्ग छनौट गर्नेछन्। अहिले पहिलेभन्दा अझ बढी एकताका साथ हामी देशको शान्ति र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।”

पार्टी अफ एक्सन एण्ड सोलिडारिटीको पूर्व नेताको रूपमा उनले पहिलो चरणको चुनावमा सबै भन्दा बढी ४२ प्रतिशत मत प्राप्त गरेका थिइन् भने मोल्दोभाको समाजवादी पार्टीद्वारा समर्थित स्टोयानोग्लोले करिब २६ प्रतिशत मत पाएका थिइन् । स्टोयानोग्लोले अपेक्षा गरिएभन्दा अत्यधिक बढी मत पाएका हुन् ।

सन्दुले ‘स्वतन्त्र, स्थिर, समृद्ध मोल्दोभा’ प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देशको युरोपेली संघ (इयू) सँग एकीकरणको मार्गको लागि आफ्नो समर्थनमा जोड दिइन् । अक्टोबर २० मा भएको राष्ट्रपतीय चुनावपछि, मोल्दोभामा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन भएको हो ।

पहिलो चरणमा राष्ट्रपति पदको दौडमा रहेका ११ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत वा एक मतको रूपमा परिभाषित मतको पूर्ण बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस