२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयद्वारा आयोजित यो महासभा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ, जसमा प्रहरी महानिरीक्षक कुँवर नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् । 

नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि उक्त महासभामा सहभागी हुन बेलायत गएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना सहित बिदाइ गरेका छन् । 

१९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ, जसमा नेपालले पनि भाग लिनेछ। यस महासभामा छलफल हुने प्रमुख विषयहरूमा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरू सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (आईडब्ल्यूओएल) तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल प्रमाणमा कानुनी पहुँच, इन्टरपोलको संविधान संशोधनका प्रस्तावहरू, वार्षिक वित्तीय प्रतिवेदन तथा वित्तीय विवरण २०२३, आगामी कार्य कार्यक्रम र बजेट २०२५, र २०२६ तथा २०२७ का लागि प्राथमिकताहरू, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम आदि रहेका छन्। साथै, कार्यकारी समितिका रिक्त पदहरूको निर्वाचन पनि हुने कार्यक्रम रहेको छ ।

महासभामा प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार, र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउन विभिन्न द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम समेत तय भएको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सम्हाल्नेछन् । 

प्रतिक्रिया दिनुहोस