Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाथीभरामा ताप्लेजुङकै मात्र भरिया राख्ने गरी कार्यविधि बनाउने तयारी


१६ कार्तिक २०८१, शुक्रबार


काठमाडौँ । यातायात सुविधा नपुगेको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्‍याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा बढी मजदुर (भरिया) क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर काफ्ले पाटीदेखि मन्दिरसम्म पुर्‍याउँछन् र फर्काउँछन् ।

यसरी मान्छे बोक्नेमा गृहजिल्ला ताप्लेजुङ, छिमेकी पाँचथर, तेह्रथुम, संखुवासभादेखि सिन्धुलीसम्मका छन् । पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाले यहाँ सिन्डिकेट लगाउने तयारी गरेका छन् । जुन नेपालको संविधानको भावना विपरीत छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार ताप्लेजुङकैले मात्रै बोक्न पाउने गरी कार्यविधि बनाउने तयारी गरिएको छ ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, नेपाल सरकारबाट गठित क्षेत्र विकास समिति, नागरिक स्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति, माथिल्लो फेदी होटेल व्यवसायी संघ र केही भरियाहरूको समेत संलग्नतामा यस्तो छलफल भएको हो । क्षेत्र विकास समितिका अध्यक्ष थेवेका अनुसार भरिया व्यवस्थापन कार्यविधिमा भरियाको बिमा गर्ने, भरियाको तीनपुस्ते विवरण राख्ने, भरियाको स्वास्थ्य परीक्षण गर्ने, भरियाको उमेर हदबन्दी राख्ने, भरियाको आधिकारिक पोसाक लागू गरिने विषयमा छलफल भएको छ ।

भरियालाई सरसामान तथा तीर्थयात्री बोक्नका लागि चाहिने आवश्यक वस्तुको व्यवस्था गर्ने, जिल्ला बाहिरका भरियालाई अनुमति नदिने, किसिमको आधारमा बोक्ने सामानको मूल्य निर्धारण गर्ने र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको सहयोगमा ठूलो फेदिमा भरियाहरूलाई मादक पदार्थ जाँच गर्ने विषयमा छलफल भएको छ । कार्यविधिमा यी विषयलाई समेटिने छ ।

क्षेत्र विकास समितिले भने छलफल भएको तर संविधान, ऐन कानुनसँग बाझिने गरी कार्यविधि नबन्ने नबताउने बताएको छ । 

नेपालको कानुनले देशभरि जुनसुकै ठाउँमा गएर पेसा, व्यवसाय, रोजगारी गर्न पाउने व्यवस्था गरेको छ । त्यसैले यो भनाइ कार्यान्वयन हुन कठिन रहेको कानुन व्यवसायीहरू बताउँछन् ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पुग्न मोटरबाटो पुग्ने काफ्ले पाटीबाट ५ किलोमिटर उकालो चढ्नु पर्छ । उच्च लेकाली क्षेत्रमा पुगेर फर्कन कठिन हुनेले बोकिएर गएर फर्कने गरेका छन् । मन्दिर जानेले आफ्नो सामान बोकाउने पनि गरेका छन् । मान्छे बोक्नेको तुलनामा सामानको मूल्य कम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस