२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले पुराना दलसँग तालमेल नगर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ ।

पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

सहमहामन्त्री विपिन आचार्यले पारिवारिक कारणले समय दिन नसक्ने भनेपछि पराजुलीले यो जिम्मेवारी पाएका हुन् । कार्यदलमा ७ देखि ९ जनासम्म रहने पराजुलीले बताए ।

३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने कार्यदलका संयोजक पराजुलीले बताए ।

रास्वपाले उपनिर्वाचनका लागि तीन वटा विकल्प अघि सारेको छ । आफ्नै दलको उम्मेदवार उठाउने, गैर दलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने र गैर दलीय उम्मेदवारलाई रास्वपाको चुनाव चिह्नमा उठाउने विकल्प अघि सारेको हो। आफ्नो दलको उम्मेदवारले जित्न नसके राम्रो स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने रास्वपाको भनाइ छ ।

रास्वपाका नेताहरूका अनुसार आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै निरन्तरताको रूपमा पार्टीले लिएको छ ।

सभापति लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

पार्टी महाधिवेशनको प्रक्रियामा रहेकाले चुनावलाई संगठन निर्माणको कामसँग जोडिने रास्वपाले जानकारी गराएको छ ।

प्रमुखका लागि कीर्तिपुर नगरपालिका, उपप्रमुखका लागि जाजरकोटको नलगाड नगरपालिका, अध्यक्षमा मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा चुनाव हुँदैछ ।

उपाध्यक्ष पदका लागि दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, रुकुम पूर्वको पुथाउत्तरगंगा र बाजुराको स्वामीकार्तिक खापरमा उपनिर्वाचन हुनेछ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका अतिरिक्त खाली भएका वडाध्यक्षको पदका लागि पनि चुनाव गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस