१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शील गरेको चामल गायब पार्नेलाई ७० हजार जरिवाना, २४ घण्टाभित्र ल्याउन निर्देशन

अ+ अ-

काठमाडौँ । मकवानपुरको मनहरी बजारमा अनुगमन टोलीले सिलबन्दी गरेको चामल गायब पार्ने मंगलमय ट्रेडर्सलाई मनहरी गाउँपालिका कार्यालयले ७० हजार रुपैयाँ जरिवाना गराएको छ ।

अनुगमन टोलीले शिल गरेको चामल गायब बनाएपछि बुधबार गाउँपालिकाले मंगलमय ट्रेडर्सलाई ७० हजार रुपैयाँ जरिवाना तिराउने र २४ घण्टाभित्र हराएको चामल ल्याएर गोदाममा राख्न निर्देशन दिएको हो ।

गाउँपालिकाले चामल प्रचलित मापदण्ड विपरीत भएकाले ५० हजार र चामलको बिक्री वितरण, ओसारपसार रोक्का गरिएकामा त्यसको अवज्ञा गरी अटेर गरेकाले २० हजार गरी ७० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

मंगलमय ट्रेडर्सले बुधबार नै गाउँपालिका कार्यालयको खातामा ७० हजार जरिवाना तिरेको गाउँपालिका कार्यालयले जनाएको छ । ट्रेडर्सलाई रोक्का गरिएको चामल दाखिला गर्न पत्रमार्फत निर्देशन दिइएको छ । चामलको नमूना जाँच गर्नुपर्ने भएकाले दाखिला गर्न भनिएको छ ।

६ असोज ०८१ मा गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमन टोलीले शिल गरेको ६० बोरा चामल गायब पारिएको थियो । १२ कात्तिक सोमबार परीक्षणका लागि चामल नमूना लिन पुगेको खाद्यको टोलीले शिल गरिएको चामल गोदाम रित्तै देखेपछि कारबाही गर्न गाउँपालिकालाई अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस