२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कच्चा तेलको मूल्यमा उच्च गिरावट

अ+ अ-

काठमाडौँ । मध्यपूर्वी तनाव कम हुँदा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । सोमबार साँझ ५ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सबैजसो कच्चा तेल साढे ५ प्रतिशत हाराहारीमा घटेको छ ।

यो समयसम्म डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ५.८ प्रतिशत घटेर ६७.६० अमेरिकी डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ ५.५ प्रतिशत घटेर ७१.८, मुर्बान तेल ५.६ प्रतिशत घटेर ७०.७ अमेरिकी डलरमा झरेको छ ।

एकैदिन कच्चा तेलको मूल्यमा भारी गिरावट आउनुको प्रमुख कारण मध्यपूर्वी एसियाको तनाव कम हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानविरुद्ध इजरायलको हमला तत्काललाई असफल भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट देखिएको रोयटर्सले जनाएको छ ।

हाललाई इरान र इजरायलको द्वन्द्व रोकिने अनुमान गरिएको छ । इरानमा रहेका तेल उत्पादन तथा प्रशोधनका पूर्वाधार सुरक्षित भएसँगै तेलको आपूर्तिलाई सहज भएको छ । अतिरिक्त आपूर्ति र कमजोर मागका बीच तेलको मूल्य थप घट्न सक्ने आँकलन गरिएको छ ।