Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा


११ कार्तिक २०८१, आइतबार


काठमाडौँ। साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनको नाममा दुई गोल रह्यो। ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले सुरुवाती अग्रता लिएको थियो।

१५ औँ मिनेटमा पहिलो गोल गरेकी तोहुराले ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन्। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।

बंगलादेशले उपाधिका लागि अब नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतियोगिताको पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको भुटानले समूहगत चरणका बाँकी खेलमा श्रीलंकालाई ४-१ र मालदिभ्समाथि १३-० गोलको जित हात पारेको थियो।

यता बंगलादेशले पाकिस्तानसँग बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोलले हराएर समूह विजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो। नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल आइतबार साँझ ६ बजे दशरथ रंगशालामा हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस