२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा

अ+ अ-

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरू एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । 

कात्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कात्तिक ७ गते सुर्खेतको बाबियाचौर हुँदै आज दैलेखको दुल्लुमा सभा सम्पन्न भएको छ ।

यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी स्थानहरूमा साना ठुला सभाहरू पनि भइरहेका छन् ।

राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासँग संवाद गर्न र तुलनात्मक रूपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ ।

कर्णाली यात्राका क्रममा कार्तिक ९ गते कालिकोटको सदरमुकाम मान्ममा, कात्तिक १० गते जुम्लाको गोठी जिउलामा र कार्तिक ११ गते मुगुको गमगढीमा सभाहरू हुनेछन् ।

अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरू, सहायक महामन्त्रीहरू, पार्टीका दर्जनौँ केन्द्रीय र प्रदेश तहका नेताहरू, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।

आमसभालाई सम्बोधन गर्ने क्रममा राप्रपाका नेताहरुले सरकार, काँग्रेस, एमाले र माओवादीका कारण देशले भोग्नु परेको दुरावस्थाका बारे चर्को धारणा व्यक्त गरेका छन् । राप्रपाका नेताहरुले कुनै पक्षलाई पनि निषेध नगर्ने गरी राजा सहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरिनुपर्ने विषयमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस