१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता

अ+ अ-

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक-एक गोल गरे । खेलको आठौँ मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पटको ठिक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।

जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औँ मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रो पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।

त्यसको दुई मिनेटपछि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३(० बनाइन् । अघिल्लो खेलमा मालदिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौँ गोल हो । रेखा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छिन् । श्रीलंकाविरुद्ध पाँच गोल गरेकी भुटानकी फरवार्ड देकी लाजोमले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् ।

रेखाले नै ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४(० को अग्रता बनायो । सावित्राले श्रीलंकालाई डिफेण्डरलाई छलाउँदै बक्स भित्रबाट हानेको बल रेखालाई लाग्दै गोल भएको हो ।

पहिलो हाफमै नेपालले गोल गर्ने अरु अवसर पनि पाएको थियो । तर फिनसिङ राम्रो हुन सकेन । समूह बी बाट भुटान यसअघि नै सेमिफाइनल पुगिसकेको छ । नेपाललाई समूह बी को विजेता बन्न श्रीलंकालाई गोलले हराउनुपर्नेछ । ६ भन्दा बढी गोल भएको खण्डमा भने नेपाल पाँच गोल अन्तरले जित हात पारे पनि समूह विजेता बन्नेछ ।

भुटानले तीन खेलबाट ७ अंक जोडेको छ । समूह ए बाट डिफेण्डिङ च्याम्पियन बंगलादेश समूह विजेता र भारत समूहे उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस