२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक १० घण्टा बहिरंग सेवा दिँदै मनोहरा नगर अस्पताल

अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरंग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरंग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा. सन्तोष रम्तेलले जानकारी दिए ।

उनले भने, “हामीकहाँ बहिरंग (ओपिडी) अन्त जस्तोmanohar nagar haspital

नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौँ । यदि कोही डा खाली भएमा पौने ६ बजेसम्म टिकट काटेर जाँच गर्छौँ ।” उनकाअनुसार यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गर्छन् । “कार्यविधि बनाएरै प्रत्येक दिन एक सय ५० जना बिरामीको उपचार गर्छौँ,” मेडिकल अधिकृत रम्तेलले भने ।

अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए । सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तर उन्नति प्रक्रियामा रहेको उनले बताए । उनकाअनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ ।

स्याटलाइट ओपिडी सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका-१ गागलक्षेत्रका स्थानीय लाभान्वित भएको उनले सुनाए। दुर्गम गागल क्षेत्रमा स्थानीय तहद्वारा सञ्चालित “मेयरसँग ज्येष्ठ नागरिक” र “मेयरसँग बालबालिका” कार्यक्रम अति उपयोगी भएको डाक्टर सुवेदीको भनाइ छ । यी कार्यक्रमबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचारसँगै अल्ट्रासाउन्ड, इसिजी, औषधिलगायतका निःशुल्क सुविधा प्राप्त गरेका छन् ।

अस्पतालको सेवा सन्तोषजनक रहेको सेवाग्राही सीतादेवी खड्काले बताइन् । मुटुको समस्याले ओखलढुङ्गाबाट उपचारका लागि आएकी उनले उपचारपश्चात् निकै बिसेक भएको बताइन् । अस्पतालले १० घण्टा बहिरंग सेवा दिँदा सेवाग्राहीलाई सहज भएको स्थानीय भीमराज खड्काले बताए। “अफिस छुट्टी लिएर अस्पताल धाउनुपर्ने बिरामीका लागि सहज भएको छ,” खड्काले भने ।