काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ ।
मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस
उनलाई प्रदेशमा प्रदेश प्रमुख सचिवको रूपमा पदस्थापन गर्नेछ भने रिक्त सचिवमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याउने छ ।
बैठकले सचिव बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका एक वरिष्ठ सहसचिवलाई निमित्त प्रदेश प्रमुख सचिवसमेत नियुक्त गर्न सक्नेछ । जसलाई संघमा आउने प्रदेश प्रमुख सचिवको स्थानमा पठाइने छ ।