काठमाडौँ । ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढी-पहिरोका कारण क्षति भएका छिमेकी पालिकालाई आर्थिक सहयोग घोषणा गरेको छ ।
महानगरले बुधबार ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई सहयोग गर्ने घोषणा गरेको हो ।
बुधबार बसेको कार्यपालिका बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।कार्यपालिका बैठकले गोदावरी, महालक्ष्मी, बागमती, महांकाल र कोन्ज्योसोमलाई ५०-५० लाख र दक्षिणकालीलाई १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।







