काठमाडौँ । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखमा नयाँ एसपी पठाएको हो ।
प्रहरी प्रधान कार्यालयले चितवनको एसपी रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्युरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो । आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ ।