१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल भएको छ । राष्ट्रिय सभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा अध्यक्ष अध्यक्ष दाहाल र आयोगका अध्यक्ष विश्वकर्माबीच छलफल भएको हो ।

दुई अध्यक्षविच दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल भएको आयोगका अध्यक्ष विश्वकर्माले जानकारी दिए । आयोगका अध्यक्ष विश्वकर्माले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन् ।

त्यसै अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदले पनि उठाउनुपर्नेमा जोड दिएको बताए ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरी दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता जनाए ।

राष्ट्रिय सभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक-पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताए ।

विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथा विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कानुन निर्माणसँगै ती कानूनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले जोड दिँदै भने, ‘कानून निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ । त्यसका लागि कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका राज्यका निकायले गम्भीरतापूर्वक लिनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस