२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमामा सैन्य गस्तीबारे चीन र भारतबीच नयाँ सम्झौता

अ+ अ-

काठमाडौँ । चीन र भारत लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात् दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौतामा पुगेका छन् । यसले सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुन सक्ने बताइएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले अगाडि भनेका छन्, ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’

२०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यसमा २० भारतीय सैनिक मारिए, केही चिनियाँ सैनिकको पनि मृत्यु भयो ।

यो घटनापछि दुबै देशको सीमामा तनाव छ । यो घटनापछि दशजगाको जुन इलाकासम्म भारतीय सैनिकले गस्ती गर्थ्यो, त्यहाँ पुग्न चीनले रोकेको भारतीय दाबी छ ।

अब भारत २०२० को अवस्थामा फर्किने विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।

भारतका सामरिक विशेषज्ञ ब्रम्हा चेलानी भने भारत र चीनको बीचमा सैन्य गतिविधि अन्त्य गर्ने कुनै घोषणा नभएको बताउँछन् । बीबीसी हिन्दीका अनुसार उनले भनेका छन्, ‘ब्रिक्स समिटमा मोदी र सी जिनपिङको बैठकलाई सहज बनाउन दुबै देश गस्तीबारे एउटा सहमतिमा पुगेका हुन् ।’

ब्रिक्स समिट २२-२३ अक्टोबरमा रुसमा हुनेछ । सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्वीपक्षीय भेट हुनसक्ने छ । भारतीय विदेश सचिव मिस्रीले भने भेटवार्ताको पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस