१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआईले भन्यो-एमालेले अदालतबाट दोषी ठहर भएकाको दान लिँदा भ्रष्टाचारको पक्षपोषण भयो

अ+ अ-

काठमाडौँ । अदालतबाट दोषी ठहर र मुद्दा चलिरहेको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको पार्टीले जग्गा दान लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ट्रान्सपरेन्सी इन्टरनेसनलले ठहर गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनेजस्ता कार्यबाट अलग रहन पनि राजनीतिक दलहरूलाई अपिल गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा एमालेले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा लिएको र सोही जग्गामा दाताबाटै भवन निर्माण गरेर सोसमेत दान लिने कुराप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

‘हाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माण समेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)नेपालको गम्भीर ध्यानाकर्षण भएको छ, ‘ज्ञप्तिमा भनिएको छ, ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ ।’

एमालेले केन्द्रीय कार्यालय रहने जग्गा र त्यहाँ बन्ने भवन अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङबाट लिएको हो । त्यसरी दान लिँदा मुद्दामा प्रभाव पर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ । ‘कानुनको पालना गरी/गराई सरकारी सम्पत्ति र हितको संवर्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिँदा वादी/प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ, ’विज्ञप्तिमा उल्लेख छ ।

यसरी दान लिँदा स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने भ्रष्टाचारको पक्षपोषण हुने पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ ।

सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकारवादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारको लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने देखिन्छ, ‘ट्रान्सपरेन्सी इन्टरनेसनलले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस