२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलेर भित्र्याइएका सामान बरामद

अ+ अ-

पर्सा । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने  किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताए। उनले भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्‍याएर बुझाएको जानकारी दिए।

सशस्त्र प्रहरीले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको रु एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ।

यसैगरी गत शनिबार प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित रु दुई लाख २८ हजार मूल्य पर्ने किनाराका सामान, इलेक्ट्रिक सामान, मोटर पार्टस्, कपडा तथा खेलौनाका सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस