२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले पार्टी कार्यालय बनाउन भन्दै अखिल क्रान्तिकारीले थाल्यो एक रुपैयाँ संकलन अभियान

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान चलाएको छ ।

काठमाडौँमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिएका छन् ।

आइतबार प्रदर्शन मार्गमा क्याम्पस जिल्ला संगठन र प्राविधिक जिल्ला संगठनले रकम संकलन गरेको सापकोटाले जानकारी गराए। शनिबार र आइतबार संकलन भएको रकम एमालेको बैंक खातामा जम्मा गरिने उनले बताए।

सत्ताको नेतृत्व गरेको एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दान लिएको छ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएका हुन् ।

गुरुङले एकवर्षभित्र एमालेको पार्टी कार्यालय बनाउने जिम्मेवारी पनि लिएका छन् । २५ असोजमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस