२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी कटौती गर्दै टिकटक

अ+ अ-

काठमाडौँ । ‍अघिल्लो महिना मात्रै टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दा नेपाल सरकारले टिकटकसँग राखेका विभिन्न सर्तमध्ये स्थानीयलाई रोजगारी दिनुपर्ने विषयमा पनि समावेश थियो । तर कम्पनीले यो साता सार्वजनिक गरेको विज्ञप्तिमा टिकटकले सयौँ संख्यामा कर्मचारी कटौती गर्ने उल्लेख छ ।

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले जनाएअनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई थप बलियो बनाउन कर्मचारी छाँटकाँट गर्न लागिएको हो ।

टिकटकले कुन देशमा कति कर्मचारी हटाउने स्पष्ट जानकारी दिएको छैन । तर मलेसियामा मात्रै ५ सयजति रोजगारी गुम्ने अनुमान गरिएको छ । कन्टेन्ट मोडरेसनलाई प्रभावकारी बनाउन खोजिएको टिकटक प्रतिनिधिले रोयटर्ससँग भनेका छन् ।

टिकटकमा पोस्ट भएका सामग्री (कन्टेन्ट) मोडरेसनका लागि कम्पनीले मानव जनशक्ति र अटोमेटेड डिटेक्सन प्रविधि दुवै संयुक्त रूपमा प्रयोग गर्दै आएको छ । कन्टेन्ट मोडरेसन भनेको अनलाइन प्लाटफर्ममा पोस्ट हुने सामग्री अप्रासंगिक, अश्लील, गैरकानुनी, हानिकारक वा अपमानजनक छ/छैन पत्ता लगाउने र त्यस्तो भएमा लेबल लगाउने वा हटाउने प्रक्रिया हो । यसका लागि फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम, युट्युबजस्ता प्लाटफर्महरूले कन्टेन्ट मोडरेटर नियुक्त गर्ने गरेका छन् ।

टिकटकले विभिन्न देशमा रहेका आफ्ना मार्केटिङ र कन्टेन्ट मोडरेसन विभागमा कर्मचारी कटौती गर्ने विषयमा पछिल्ला केही महिनायता विभिन्न अनुमान बाहिरिएका थिए । बाइटडान्सको वेबसाइटमा उल्लेख भएअनुसार टिकटकले विभिन्न देशमा २ सयभन्दा धेरै शहरमा १ लाख १० हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।

नेपालका लागि भने टिकटकले भदौ अन्तिम साता पब्लिक पोलिसी म्यानेजर पदमा दरखास्त आह्वान गरेको थियो । सरकार र नीति निर्माताहरूसँग सम्बन्ध स्थापित गर्नेदेखि टिकटक र यसका कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक रणनीति बनाउने मूल जिम्मेवारीसहित टिकटकले पोलिसी म्यानेजर नियुक्त गर्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस