२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान, प्रविधि र नवप्रवर्तनको उपलब्धि विश्वव्यापी हितमा लैजान अध्यक्ष दाहालको अपिल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रूपमा हेरिनुपर्ने बताएका छन् । 

शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित अन्तर व्यवस्थापिका संघको १४९ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समाजको हितमा सदुपयोग गर्न तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भंग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रसार जस्ता जोखिम र चुनौतीहरूलाई सामना गर्न विश्वका सांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।’

विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील बनाउन विविध अवसर प्रदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्वभरका व्यवस्थापिकाले प्रविधिमा नागरिकको पहुँच र प्रतिफल वितरणमा समता कायम हुने गरी कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको औँल्याएका थिए ।

सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरूबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने ‘अझैपनि साढे दुई अरबभन्दा बढी मानिसहरू सूचना प्रविधिको पहुँचमा छैनन् । तसर्थ, विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ ।’

अन्तर व्यवस्थापिका संघले आफ्नो कार्य योजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई समेट्नुका साथै विज्ञानप्रविधि सम्बन्धी कार्य समूह गठन एवं यसको सदुपयोग सम्बन्धी आचारसंहिता निर्माणको प्रयास गर्नु प्रशंसनीय रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

विकसित र विकासशील देशहरूबीच विज्ञान प्रविधिको विकास बीचको खाडल पुर्न व्यवस्थापिकाहरूबीच नीति निर्माण, कार्यान्वयन, उत्कृष्ट अभ्यास र अनुभवहरूको आदानप्रदान गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताए ।

नेपालले सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने परराष्ट्र नीति अंगालेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफूहरू सदैव संयुक्त राष्ट्रसंघको बडापत्र, शान्तिका अग्रदूत गौतम बुद्धका पञ्चशीलका सिद्धान्त तथा विश्व शान्तिका मूल्यमान्यताहरूमा अडिग रहेको बताए ।

आइपीयूका उद्देश्य एवं लक्ष्यहरू हासिल गर्न नेपालको संघीय संसद्को पूर्ण सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले शान्ति, लोकतन्त्र, मानव अधिकार, दिगो विकास र अन्तर्राष्ट्रिय सुरक्षाजस्ता विषयहरूमा अन्तर(व्यवस्थापिका संघले प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

नेपालको शान्ति प्रक्रियाको महत्त्वपूर्ण पक्षका रूपमा रहेको संक्रमणकालीन न्यायलाई पूर्णता दिन संसद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी कानुन पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय र मित्र राष्ट्रहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै, अध्यक्ष दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल र अन्य क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको भन्दै जलवायु परिवर्तनका कारण उत्पन्न हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाललाई पर्याप्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेका थिए ।

अध्यक्ष दाहालले जलवायु न्यायलाई ध्यान दिँदै विकसित देशहरूबाट विकासोन्मुख देशहरूलाई प्रविधिगत, पुँजीगत तथा क्षमता वृद्धि सम्बन्धी सहयोग उपलब्ध गराउन अन्तर व्यवस्थापिका संघ तथा विश्वका व्यवस्थापिकाहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने आग्रह गरेका थिए ।

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भू-राजनीतिक तनाव, गरिबी, असमानता लगायतका प्रमुख चुनौतीहरू कसरी सामना गर्ने भन्ने विचारविमर्श र योगदान गर्न अन्तर व्यवस्थापिका संघ महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चको रूपमा रहेको अध्यक्ष दाहालले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस