१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ

अ+ अ-

काठमाडौँ। बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जोशी कञ्चनपुरको वेदकोट नगरपालिका-५ का स्थानीय हुन् ।

डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।

प्रहरीका अनुसार मंगोला थरकी युवती शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन (प्लास्टिकको ग्यालन) लिएर घरबाट निस्किएकी थिइन् तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए ।

बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ। उनीहरूले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्। दुवै जनाबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको स्थानीयको आरोप छ । प्रहरीका अनुसार युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ ।

युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् ।

चौकीमा कार्यरत एक जना प्रहरी सहायक हवल्दार र दुई जना प्रहरी जवानलाई जिल्ला झिकाइएको जनाइएको छ । उनीहरूको ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट नयाँ प्रहरी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस