काठमाडौँ । काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दल नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरेका छन् । ढकाल प्रदेश सभामा रुपन्देहीबाट समानुपातिक सांसद हुन् ।
यसअघि बर्दिया २ (१०)बाट निर्वाचित जन्मजय तिमिल्सिना प्रमुख सचेतक थिए । काँग्रेस-एमालेको गठबन्धनपछि लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्री बन्न नपाएपछि उनले साउन २१ गते प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए ।
दल नेता चौधरीले लामो समय उनको राजीनामा स्वीकृत गरेका थिएनन् । बुधबार तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गरी चौधरीले ढकाललाई नियुक्त गरेका हुन् ।