काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार धिताललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आवासीय राजदूत पदमा धिताललाई नियुक्त गरिएको हो ।