२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपतिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितका राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

यसै गरी, उपराष्ट्रपतिको कार्यालय अन्तर्गत उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरू (सल्लाहकारहरू) र प्रमुख स्वकीय सचिवबाट पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन-तीन दिनको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको उनको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलोमात्रामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले घाइते भएकाहरूको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा, डेङ्गुजस्ता रोग फैलिन नदिन आवश्यक उपाय अवलम्बन गर्न, विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामग्रीलगायत खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोक मार्गहरू यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस