१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट

अ+ अ-

काठमाडौँ। देशमा हालै देखा परेको विनाशकारी विपद् व्यवस्थापनका लागि तीन वटा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सवा तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेका छन्। बाढी, पहिरो र डुबानका कारण उत्पन्न संकटमा प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्थाहरूले सहयोगको हात अघि बढाएका हुन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंकले २ करोड रुपैयाँ, भाटभटेनी सुपरमार्केटले १,११,११,१११ रुपैयाँ र युनिलिभर नेपाल लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेका छन्। यसरी कुल ३ करोड ३१ लाख ११ हजार १११ रुपैयाँको सहयोग प्राप्त भएको छ।

यस आर्थिक सहयोगले विपद् व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुगेको र अन्य संघसंस्थाहरूबाट पनि उल्लेखनीय सहयोग भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

देशका विभिन्न भूभागमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विपद्को घडीमा राष्ट्रको एकता र सहयोगको आवश्यकतालाई जोड दिँदै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोगी संघसंस्थाहरूलाई हार्दिक आभार व्यक्त गरेको छ। साथै, दिवङ्गत व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् व्यवस्थापनमा जुटेका सबैप्रति कृतज्ञता व्यक्त गर्दै, आम नागरिकलाई सुरक्षित रहन र सावधानी अपनाउन विशेष अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस