२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।

नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु. तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।

म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव १८, विकास बैंक एक दशमलव ९३, होटल तथा पर्यटन तीन दशमलव २८, जलविद्युत् एक दशमलव २२, जीवन बीमा एक दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ । 

त्यस्तै, निर्जीवन बीमा शून्य दशमलव ७१, व्यापार एक दशमलव ५२ र अन्य समूह दुई दशमलव ३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य नौ दशमलव ३६ प्रतिशत छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर-३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस