२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा अविरल वर्षासँगै पहिरो, विद्युत र संचार सेवा अवरुद्ध

अ+ अ-

मनाङ । मनाङ जिल्लामा निरन्तर परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न क्षेत्रमा विद्युत, इन्टरनेट र मोबाइल नेटवर्कमा अवरोध आएको छ भने सडक अवरुद्ध हुँदा आवागमन पनि कठिन बनेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार असोज १० गतेदेखि जिल्लामा निरन्तर पानी परिरहेको छ। वर्षाको कारण पहिरो जाँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्युतका पोलहरूमा क्षति पुगेपछि केन्द्रीय विद्युत् प्रशारण हिजोदेखि नै अवरुद्ध भएको छ। ‘विद्युत् अवरुद्ध हुँदा राति १:३० बजेदेखि बिहान ६:१५ बजेसम्म सम्पूर्ण संचार सेवा ठप्प भएको थियो। हाल भने विद्युत्, इन्टरनेट र मोबाइल नेटवर्क पुनः सञ्चालनमा आएको छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले प्रशासनसँग भने ।

वर्षाले बेसिशहर-चामे सडकखण्डको लमजुङतर्फ पर्ने रामबजार र च्याम्चे क्षेत्रमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। पहिरो हटाउने कार्य जारी रहेको र यातायात सञ्चालनका लागि सम्भवतः केही दिन लाग्न सक्ने आचार्यले जानकारी गराए। ‘सडक मर्मत कार्यलाई द्रुतगतिमा अघि बढाइरहेका छौं, तर वर्षा नरोकिएकाले केही कठिनाइ छ,’ उनले थपे।

त्यस्तै, जिल्लाका उच्च पहाडी क्षेत्रहरू हुम्डे, नार, र फु लगायतका स्थानहरूमा हिमपात भएको छ जसले गर्दा जनजीवन सामान्य रूपमा प्रभावित भएको छ। हिमपात र अविरल वर्षाको कारण सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले विशेष गरी पदयात्री, पर्यटक, र सवारी साधनलाई स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म यात्रा नगर्न र यात्रा गर्दा आवश्यक सुरक्षा मापदण्डहरू अपनाउन अनुरोध गरेको छ। ‘मौसमको अनिश्चिततालाई ध्यानमा राखेर मात्रै यात्रा तय गर्न भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले आग्रह गरे।

अविरल वर्षा र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा खाद्यान्न र औषधि आपूर्तिमा समेत कठिनाइ आउने सम्भावना रहेकोले प्रशासनले स्थानीय तहसँग समन्वय गरी आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ। जिल्लामा मौसम सुधार भएलगत्तै पहिरो पन्छाउने र विद्युत आपूर्ति पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस