२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्धिको आधार पर्यटन र पूर्वाधार’ : मन्त्री हिक्मतकुमार

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन गदै उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गदै विसं २०८२ लाई प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरेको जानकारी दिए।

उनले नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। “सिंगो नेपालले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ । कोशी प्रदेशमा त विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्तै अन्य हिमाल, पहाड र तराईको सम्मिश्रण रहेको छ । यो प्रदेश धार्मिक, भौगोलिक, सांस्कृतिक र सम्पदाका हिसाबले पनि महत्त्वपूर्ण भएकाले सरकारले यसलाई अवसरको रूपमा लिएर काम गरिरहेको छ । यसमा निजी क्षेत्रको साथ र सहयोगको अपेक्षा छ”, मुख्यमन्त्री कार्कीले भने ।

भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्राकृतिक सौन्दर्य, धार्मिकस्थल भौगोलिक एवं सांस्कृतिक विविधता रहेको उल्लेख गदै यसैकारण पर्यटनसँगै पूर्वाधार विकासमा सरकारले जोड दिइरहेको धारणा राखे। कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राईसहित विभिन्न मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायतले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस