२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहितको आर्थिक वर्ष २०८१/८२ का लागि कार्यसम्पादन करार सम्झौता गरिएको हो ।

खानेपानी मन्त्रालयको कार्यक्षेत्रबमोजिमको कार्यसम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम नेपालको संविधानद्वारा प्रदत्त खानेपानी तथा सरसफाइको अधिकारअनुरूप उक्त कार्यसम्पादन करार सम्झौता भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।

उनका अनुसार आज भएको उक्त कार्यसम्पादन करार सम्झौतामा सबैलाई पर्याप्त, गुणस्तरीय र भरपर्दो रूपमा खानेपानीको आपूर्ति व्यवस्था गर्न, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्न, खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु परिवर्तन अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजान, अव्यवस्थित सहरीकरणका कारण खानेपानी तथा सरसफाइको सेवामा परेको चापलाई व्यवस्थित गर्ने जनाइएको छ ।

यसैगरी परिवर्तित संस्थागत संरचनाका सन्दर्भमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थित विकासका लागि सरकारका तीनवटै तहमा क्षमता अभिवृद्धि गर्न, सहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्वारा मानव सिर्जित मलमूत्रलगायत औद्योगिक र कृषिजन्य फोहर पानीको सङ्कलन, प्रशोधन गरी उचित व्यवस्थापन गर्दै दिगो विकासको क्षेत्रगत लक्ष्य प्राप्त गरी विसं २१०० सम्म सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।

कार्यसम्पादन सम्झौतामा पहिलो सय दिन (२०८१ कात्तिक ६ गतेसम्म) को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धिमा मनसुनका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने, १७ करोड लिटर मेलम्चीको पानी प्रतिदिन काठमाडौँ उपत्यकामा पठाउने, न्यूरोड-ठमेल क्षेत्रको थप ३० किमी पाइपलाइनको कार्यात्मक ग्यारेन्टीलगायत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस